0
Shares
काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद सकिन चरणमा पुगेको छ । कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था हुँदा अब दुई दिन मात्रै बाँकी रहेको हो ।
मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लाग्दा थपिने नयाँ मतदाताको संख्यासमेत बढ्दै गएको निर्वाचन आयोगले जनाएको छ ।
पछिल्ला केही दिन मतदाता नामावलीमा नाम दर्ता गर्ने कामले रफ्तार पाउने आयोगका अधिकारीहरू बताउँछन् ।
निर्वाचन आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गरेको हो ।