देशभरको मौसम सफा रहने पूर्वानुमान

0 Shares

काठमाडौं । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसैगरी, आज राति देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने छ । केही स्थानमा आंशिक बदली हुनेछ ।

सम्बन्धित समाचार