निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमणसँगै उपत्यका छाड्न रोकियो

0 Shares

काठमाडौं । निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङलाई काठमाडौं उपत्याका छाड्न र विदेश भ्रमणमा जान रोक लगाएको छ ।

गत भदौ २३ र २४ गते भएको घटनाबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले सूचना जारी गर्दै उनलाई सीमा निर्धारण गरेको हो ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘आजबाट सेवा निवृत्त हुनु भएकाले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुनेगरी निजको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृती बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने।’

खापुङ आईजीपी हुँदा दुई दिन चलेको आन्दोलनमा स्कुल पढ्ने बालबालिकासहित ७६ जनाको गोली लागेर मृत्यु भएको थियो । घटनामा करिब पाँच सय जना घाइते भएका थिए ।

सम्बन्धित समाचार