प्रभु ग्रुपका अध्यक्ष भट्टचन रिहा

0 Shares

काठमाडौं । नेकपा एमालेका नेतासमेत रहेका पूर्वसांसद एवं प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई रिहा भएका छन् ।

उनी मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतबाट छुटेका हुन् । सीआईबीका अनुसार उनलाई बाहिरै राखेर अनुसन्धानअघि बढाइने भएको छ ।

भट्टचन ११ कात्तिकमा ललितपुरबाट पक्राउ परेका थिए । उनीमाथि सीआईबीले सहकारी ठगीमा अनुसन्धान अघि बढाएको थियो ।

सम्बन्धित समाचार