0
Shares
काठमाडौं । झापामा ट्याक्टरबाट खसेर चालकको मृत्यु भएको छ।
झापा गाउँपालिका-६ शरणामतीमा भएको दुर्घटनामा शरणामती ७ निवासी ४५ वर्षीय सुनिल सोरेतको मृत्यु भएको हो।
उनको आफैँ अचानक ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। आफैँले चलाउँदै आएको मे १ त ३३१६ नम्बार ट्याक्टर साहुको घरबाट निकाल्ने क्रममा उनी लडेका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको त्रमममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।