काठमाडौं । विगत एक दशकदेखि गीत संगीतमा आफ्नो पहिचान बनाउँदै आएका विज्ञान स्याङ्गबोको ‘यो नयन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा विज्ञानलाई अस्मिता अधिकारीले साथ दिएकी छन् ।
विज्ञान स्याङ्गबोको शब्द संगीत रहेको गीतमा संगीत संयोजन एरेन्ज र मिक्स माष्टरिङ्ग बाबु प्रधानको रहेको छ ।
यो गीतसँगै विज्ञानले आफ्नो आवाजमा हालसम्म १० वटा गीत बजारमा ल्याइसकेका छन् भने १५० भन्दा बढी गीतहरुको शब्द भरिसकेका छन् ।
गीतको भिडियोमा निर्मल कुमार लामाको निर्देशन रहेको छ । अभिनयमा आकाश श्रेष्ठ र अन्जु तामाङको काष्टिङ रहेको छ । अन्जुको यो पहिलो डेब्यु म्युजिक भिडियो हो ।
उनी हाल स्नातक तेस्रो वर्ष अध्ययनरत छिन् ।
गीतमा छायाकंनसँगै भिडियो सम्पादन तथा कलर पवन शुस्लिङ्ग रहेको छ भने मेकअप शुवास तिमिल्सिना गरेका छन् । गीतलाई विज्ञान स्याङ्गबोको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।