डुंगा दुर्घटना हुँदा १६ जनाको मृत्यु, २८ बेपत्ता

0 Shares

काठमाडौं । अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुंगा दुर्घटनामा १६ आप्रवासीको मृत्यु भएको छ । घटनामा २८ जना बेपत्ता भएको संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)ले जनाएको छ ।

इथियोपियाली आप्रवासी बोकेको अर्को डुंगा जिबुटीको तटीय क्षेत्रमा डुबेको हो । “जिबुटी तटमा बालबालिकासहित ७७ जना आप्रवासी सवार डुंगा पल्टिँदा दुर्घटना भएको छ,” आइओएमले एक्स (ट्वीटर)मा लेखेको पोस्टमा भनिएको छ ।

“कम से कम २८ व्यक्ति वेपत्ता भएका छन्, १६ जनाको मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ, “स्थानीय आईओएम शाखाले स्थानीय अधिकारीलाई खोजी र उद्धार कार्यमा सहयोग गरिरहेको छ ।”

जिबुटीको उत्तरपूर्वमा पर्ने गोडोरियाको तटमा अप्रिल ८ मा ६० जनाभन्दा बढी यात्रु बोकेको अर्को डुंगा डुबेको आईओएम र जिबुटीस्थित इथियोपियाली दूतावासले जनाएको छ ।

सम्बन्धित समाचार