ब्याज आम्दानी घट्दा नबिल बैंकको नाफामा गिरावट, खराब कर्जामा सुधार

0 Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा ब्याजदर गिरावटको असर देखिन थालेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको यसै अवधिको तुलनामा नबिल बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशतले घटेको छ । जसले गर्दा बैंकको नाफा तथा प्रतिशेयर आम्दानीमा गिरावट आएको छ ।

निक्षेप तथा कर्जा दुवैमा बढोत्तरी आएपनि निक्षेपवृद्धिको तुलनामा कर्जा प्रवाह सुस्त हुँदा नाफा प्रभावित भएको देखिन्छ । अर्कातर्फ ब्याज आम्दानीमा गिरावट आएको छ भने इम्पेरमेन्ट चार्ज समेत उल्लेखीय बढेको छ । बैंकको खुद ब्याज आम्दानी २३ करोड ९० लाख रुपैयाँले घटेको छ भने इम्पेरमेन्ट चार्ज १८ करोड ९५ लाख रुपैयाँले बढेको छ ।

गत आवको पहिलो त्रैमाससम्म ४ अर्ब १४ करोड ब्याज आम्दानी गरेको नबिलले चालु आवको पहिलो त्रैमाससम्म ३ अर्ब ९० करोड मात्र खुद ब्याज आम्दानी गरेको छ । बैंकको फि तथा कमिशन आम्दानीमा बढोत्तरी आएपनि खुद ब्याज आम्दानी घट्दा संचालन आम्दानी झण्डै ११ प्रतिशतले घटेपछि नबिल बैंकको खुद नाफामा गिरावट आएको हो ।

बैंकले जारी गरेको त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १४।५७ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ८६ पैसा घटेर २५ रुपैयाँ ९७ पैसामा सीमित भएको छ । यस अवधिमा बैंकले खराब कर्जा अनुपात ९एनपीएल० घटाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म १.४२ प्रतिशत रहेको खराब कर्जा ०.९७ प्रतिशतमा झरेको छ।

बैंकको खुद नाफा घटेपनि खराब कर्जामा आएको सुधारले वितरणयोग्य नााफामा भने बढेको छ । तर, बैंकको इम्पेरमेन्ट चार्ज बढेको छ ।

बैंकको इम्पेरमेन्ट चार्ज भने समीक्षा अवधिमा ४५ करोड ७७ लाख रुपैयाँबाट बढेर ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १५ पैसा रहेको छ ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ । बैंकले पहिलो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९।९७ गुणा रहेको छ।

सम्बन्धित समाचार