0
Shares
काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजितकुमार शाक्य नियुक्त भएका छन् ।
बैंकको कात्तिक १७ गते बसेको सञ्चालक समिति बैठकले शाक्यलाई ४ वर्ष कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रोशनकुमार न्यौपानेले राजीनामा दिएपछि बैंकको सीईओ पद रिक्त रहेको थियो ।