0
Shares
काठमाडौं । तीव्र गतिका बलर सन्दीप शर्माको पाँच विकेट र युवा ओपनर यशस्वी जैसवालको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा मुम्बई इन्डियन्समाथि ९ विकेटको सानदार जित हात पारेको छ ।
सातौं जितका साथ राजस्थान शीर्षस्थान कायमै राख्दै प्लेअफ नजिक पुगेको छ । १८० रनको लक्ष्य राजस्थानले १८.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर यशस्वी जैसवालले ६० बलमा ९ चौका र ७ छक्कासहित १०४ रनको अविजित इनिङ खेले । सुरुवातमा लय समाउन संघर्ष गरेका जैसवाललाई यो शतकले ठूलो राहत दिनेछ ।
कप्तान सञ्जु स्यामसन २८ बलमा २ चौका र २ छक्कासहित ३८ रन बनाए । जस बटलर २५ बलमा ६ चौकासहित ३५ रन जोडे । मुम्बईको एक मात्रै विकेट स्पिनर पियुष चावलाले लिए ।