यी प्रदेशमा वर्षासँगै हिमपातको सम्भावना, सतर्क हुन आग्रह

0 Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज र भोलि दुई दिन गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भागका थोरै स्थानमा हिमपातसँगै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

जसमा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना छ । यी क्षेत्रमा दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

सम्बन्धित समाचार