0
Shares
काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा साधारणतया आंशिक बदली तथा बाँकी तराई भागमा आंशिक बदली रहने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका बाँकी पहाडी भागमा साधारणतया बदली रही बाँकी तराई भागमा आंशिक बदली रहने छ ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका थोरै स्थान तथा लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भागका एक दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।