0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी छाडेको घोषणा गरेका छन् । उनी माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघिका सचिव थिए ।
पार्टीले एकताको सन्देश प्रवाह गर्न नसकेको भन्दै उनले आफूलाई माओवादीमा बस्न उचित नलागेको प्रतिक्रिया दिएका थिए । साहले २०७४ मा आफू नेतृत्वको नेकपा (संयुक्त) माओवादीमा विलय गराएका थिए ।