खरिदार भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

0 Shares

काठमाडौं । मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

यसअघि भण्डारीलाई काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गा धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो दुई लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिवाना सजाय मागदाबी लिई आज विशेष अदालतमा आयोगले जनाएको छ ।

सम्बन्धित समाचार