काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन रहेको बताएका छन्।
मंगलबार सानेपास्थित पार्टी कार्यालयमा उपस्थित भएका उनले देशलाई संवैधानिक बाटोमा फर्काउने आधार नै निर्वाचन रहेको विश्वास व्यक्त गरे।
तर त्यसका लागि सरकारले निर्वाचनको लागि वातावरण बनाउन सक्नुपर्ने उनले बताए। ‘सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनस् संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ,’ उनले भने। निर्वाचन गराउनका लागि सरकारले सुरक्षाको सुनिश्चितता समेत गर्नुपर्ने उनले बताए।
‘सुरक्षा निकाय मनोबल गिरेर निरिह भएका छन्। तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतस्स्फुर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन् भन्ने कुराको सुनिश्चिचतता गराउने जिम्मा सरकारको हो,’ उनले भनेका छन्।