विपिन जोशी जीवित नरहेको इजरायलद्वारा पुष्टी

0 Shares

काठमाडौं । इजरायलमा हमासले नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाले पुष्टी गरेका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समयअनुसार आज बिहान विपिन जीवित नरहेको जनाएका हुन् ।

ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुलाई भिडियो कन्फरेन्समा सहभागी गराउँदै विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।

अमेरिकाको पहलमा इजरायल र हमासबीच युद्ध विराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा हुने कार्यक्रम छ । आज छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम समावेश छैन ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन गत अक्टुबर ७ मा हमासले आक्रमण गरेकाले बन्धक बनाइएका थिए । सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । तर, त्यसपछि उनको अवस्था अज्ञात हुँदै आएको थियो ।

सम्बन्धित समाचार