‘जेनजी आन्दोलनमा उठेका माग सबै नेपालीको हो’

0 Shares

ललितपुर । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनमा उठेका माग सबै नेपालीको भएको बताएका छन् ।

उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दबाउन सरकारबाट बल प्रयोग गर्ने नीति नरहेको स्पष्ट पारे ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय पदाधिकारी बैठकमा सहभागी भएर बहिरिने क्रममा आज धारणा राख्दै पूर्वगृहमन्त्री लेखकले भदौ २३ गतेको घटनाका सम्बन्धमा सरकारद्वारा गठित आयोगले निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए ।

‘जेनजी आन्दोलनमा उठेका विषय सबै नेपालीको माग थियो, सुशासन कायम र भ्रष्टाचार नियन्त्रण जेनजीले उठाएको माग हो, तर त्यो आन्दोलनमा घुसपैठ भएर दुःखद् घटना भयो, घटना दुःखदायी र पीडादायी थियो, मैले २३ गते नै गृहमन्त्रीबाट राजीनामा गरिसकेको थिएँ, २४ गते दुःखद् घटना भयो,’ उनले भने ।

उनले अहिलेको समयमा उत्तेजित हुने र आग्रह पूर्वाग्रहका आधारमा क्रियाशील हुनेभन्दा बृहत्तर हितका लागि ठीक ढंगले अगाडि बढ्नुपर्ने बताए ।

सम्बन्धित समाचार