0
Shares
काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद्को भाडा सम्झौता रद्द भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आगजनी भएसँगै खण्डहर उक्त भवनसँगको भाडा सम्झौता रद्द भएको हो ।
अहिले प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेकाले भाडा सम्झौता रद्द गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
मुलुकी देवानी संहिता, २०७४ को दफा ५३१ को उपदफा (२)को खण्ड (ख) बमोजिम भाडा सम्झौता रद्द गरिएको सचिवालयले जनाएको छ । भदौको अन्तिम सातादेखि लागू हुने गरी सम्झौता रद्द भएको हो ।
यो भवन २०६४ सालेदखि प्रयोग हुँदै आएको थियो । वार्षिक १६ करोड ५० लाखमा सम्झौता भएको यो भवनको कानुन आयोगले प्रयोग गरेको घटाएर वार्षिक १४ करोड ९८ लाख २९ हजार ७०६ रुपैया तिर्ने गरेको थियो ।