0
Shares
काठमाडौं । नेकपा एमालेको ५८ औँ सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बस्ने भएको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार बैठकमा आगामी केन्द्रीय कमिटीको कार्यसूची र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
केन्द्रीय कमिटी बैठक असोज २७ देखि २९ गतेसम्म हुँदै छ । सचिवालय बैठक आज बिहान ११ बजेदेखि सुरु हुँदै छ ।