अवरुद्ध कटारी घुर्मी सडक खुल्यो

0 Shares

उदयपुर । अविरल वर्षातले पहिरो खसेर अवरुद्ध सिद्धिचरण मार्गको कटारी घुर्मी सडक खण्डमा यातायात सेवा सञ्चालनमा आएको छ ।

गत शुक्रबार साँझ पहिरो खसेपछि यस सडकमा यातायात सञ्चालनमा रोक लगाइएको थियो । इलाका प्रहरी कार्यालय कटारीका अनुसार सडक विभाग, प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाइएको थियो ।

सोमबारदेखि सिरहाको मिर्चैया हुँदै कटारी घुर्मी भएर ओखलढुङ्गा खोटाङ यातायात आवतजावत सञ्चालन भएकोे इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईंले जानकारी दिए ।

उनले रात्रि कालीन समयमा सो मार्गमा सवारी सञ्चालन गर्न रोक लगाएको उनले बताए ।

सम्बन्धित समाचार