0
Shares
काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि आगामी कात्तिक ३० गतेसम्म समय सीमा निर्धारण गरेको छ ।
आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार नयाँ दलले आगामी कात्तिक ३० गतेअघि दल दर्ताको प्रमाणपत्र लिनुपर्ने भएको हो ।
आयोगले निर्वाचन प्रयोजनका लागि मंसिर १ देखि १० गतेसम्म दर्ताको मिति कायम गरेको छ । अन्तरिम सरकारले प्रतिनिधिसभाको निर्वाचन गर्नका लागि दल दर्ताको मिति तय गरेको हो ।
