बुटवल । नेपाल वायुसेवा निगमको चार्टर्ड उडानमार्फत भारी वर्षासँगै सडक यातायात बन्द भएपछि अलपत्र परेका यात्रुहरुलाई भैरहवाबाट काठमाडौं ल्याउने भएको छ ।
भारी वर्षासँगै सडक यातायात बन्द भएपछि अलपत्र परेका यात्रुहरुलाई चार्टर्ड फ्लाइटमार्फत आइतबार राति भैरहवाबाट काठमाडौं पठाउने भनिएको थियो ।
तर, अन्तिम अवस्थामा तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । सोमबार दिउँसो २ः४५ बजेका लागि उडान सारिएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले आज दिउँसो १ बजे विमान काठमाडौंबाट भैरहवा आइपुग्ने र २ः४५ बजे काठमाडौं प्रस्थान गर्ने गरी तयारी भएको जानकारी दिए ।
निगमको १५८ सिट क्षमताको जहाजमार्फत यात्रुहरुलाई आइतबार राति ८ बजे भैरहवाबाट काठमाडौं पठाउने तयारी गरिएको थियो ।
नेपाल वायुसेवा निगमले पनि सूचना जारी गर्दै काठमाडौं–भैरहवा ५ हजार र भैरहवा–काठमाडौं ७ हजार भाडा तय गरेको जानकारी गराएको छ ।