0
Shares
काठमाडौं । धनगढीबाट पोखराका लागि छुटेको बा२ख१९०७ नम्बरको बस धनगढीको बोराडाँडी सडक खण्डमा दुर्घटना भएको छ । घटनामा एक जनाको मृत्यु हुँदा १२ जना घाइते भएका छन् ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवाका अनुसार धनगढी उपमहानगर ४ का ६२ वर्षीय गणेशबहादुर शाहीको मृत्यु भएको हो ।
बसमा सवार सबै १२ जना घाइते भएका छन् । उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार जारी छ ।