अर्काको नाकको डाँडीमा हान्छु भन्दा वाहवाह, आफ्नोबारेमा सोध्दा मलाई के थाहा- गगन थापा

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी गर्नेलाई जनताले छुट दिन नहुने बताएका छन् ।

इलाम २ को उपनिर्वाचनका क्रममा इलाम सदरमुकाममा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले सहकारी मात्र नभएर कुनै पनि ढंगबाट राज्यको सम्पत्ति दुरुपयोग गर्ने कसैलाई छुट दिन नहुने बताए ।

महामन्त्री थापाले अहिले देशमा चलिरहेको सहकारी ठगी र त्यसमा संलग्न व्यक्तिमाथि छनविन र कारवाही हुन नसकेको भन्दै त्यसप्रति जनता चनाखो हुने बेला आएको बताएका थिए ।

उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति व्यङ्ग्य गर्दै भने, ‘अर्काको नाकको डाँडीमा उडीउडी हान्छु भन्दा वाहवाह, आफ्नोबारेमा सोध्दै गर्दा मलाई के थाहा भनेर मात्रै पाइन्छ ?’

यसैगरी इलाम २ को उपनिर्वाचनका सन्दर्भमा महामन्त्री थापाले उम्मेद्वार डम्बरबहादुर खड्कालाई भोट माग्दै इलामको विकासका लागि कांग्रेसको जीत आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार