सोमबार सन्दीप लामिछानेको पेशी, राष्ट्रिय टोलीमा फर्किन कति सम्भवना ?

0 Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेशी यही सोमबार अर्थात वैशाख १० गतेलाई तोकिएको छ ।

गौशाला २६ लाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेपछि फैसला चित्त नबुझेको भन्दै उनी पुनरावलोकनका लागि उच्च अदालत पाटन पुगेका थिए । त्यसपछि पहिलो सुनुवाइ गत ३ गते भएको थियो ।

उच्च अदालत पाटनले गत ३ गतेको सुनुवाइमा गौशाला २६ को जन्म दर्तासम्बन्धि प्रमाण पत्रको प्रतिलिपिका साथ जन्मदर्ताको सक्कल निवेदनसमेत माग गर्न आदेश दिएको थियो ।

जन्मदर्ताको प्रतिलिपि, गौशाला २६ ले दिएको सक्कल निवेदनसहितका कागजातसमेत तनहुँको सम्बन्धित पालिकाले उच्च अदालत पाटनमा पेश गरेपछि शुक्रबार नयाँ पेशी तय भएको उच्च अदालत पाटनले जनाएको छ ।

उच्च अदालत पाटनबाट सफाइ पाउने विश्वासमा रहेको उनी पक्षधर कानून व्यवसायीले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर सुनुवाइ गर्न माग गरिरहेका छन् । नेपालले खेल्न लागेको टी २० विश्वकपअगाडि सन्दीपको मुद्दाको फैसला आउने उनीहरूको अपेक्षा छ ।

यदि, सन्दीपका कानून व्यवसायीले विश्वास गरेजस्तै उच्च अदालतबाट छिटै फैसला आएर उनी निर्दोष सावित भए अमेरिका र वेष्टइण्डिजले संयुक्त रूपमा आयोजना गर्ने टी २० विश्वकपम सहभागी रहने बाटो खुल्न सक्छ । नेपाल क्रिकेट संघ (क्यान)ले टिी २० विश्वकपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा नभएसम्म यो सम्भावना जिवितै छ ।

उच्च अदालत पाटनले मागेको कागजातका विषयमा जिल्ला अदालत काठमाडौंमै धेरै अध्ययन गरेरै फैसला गरेका कारण उच्च अदालत पाटनले माग गरेको कागजात प्रमाणको ‘चेन अफ कस्टडी’मा त्यो अभिलेखकै भूमिका के हुने भनेर प्रश्न रहेको सन्दीपको पक्षमा वकालत गरिरहेका कानून व्यवसायीको तर्क छ ।

सन्दीप पक्षले मुद्दालाई प्राथमिकतामा राखेर हेर्न माग गर्दै गर्दा अर्को तर्फ सरकार पक्षले मुद्दा लम्ब्याउन रणनीति अवलम्बन गर्न थालेको उनीहरूको दाबी छ ।

सम्बन्धित समाचार