0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको लागि एजेन्डा तय गरेको छ। आज बसेको स्थायी कमिटीको बैठकले विशेष महाधिवेशनमा जाने निर्णय गर्दै एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले बताए।
उनका अनुसार भोलिको बैठकले महाधिवेशनको मिति तय गर्नेछ। केन्द्रीय समिति भंग गरेर संयोजक समितिको संयोजक अध्यक्ष प्रचण्ड हुने बताए।
आज बसेको स्थायी कमिटीको बैठकले फागुन २१ मै निर्वाचन गर्न सरकारसँग माग गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले बताए। तोकिएकै मितिमा निर्वाचन गराउनको लागि पार्टीले आवश्यक भूमिका खेल्ने पनि बताए।
जेनजीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा र विचार मिल्ने शक्तिहरूसँग एकताको लागि प्रभावकारी पहल गर्ने निर्णय पनि बैठकले गरेको छ।