गरिमा विकास बैंकको मोबाइल बैंकिङ एपबाट भर्चुअल सेवा सुरु

0 Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैकिङ एप ‘गरिमा डिजी बटुवा’बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ।

गरिमा विकास बैंकका ग्राहकले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाइल बैकिङ एपमा सो सेवा सुरु गर्न सक्ने छन्। उक्त भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले फोन पेको कुनै पनि क्युआर कोड र फोन पे नेटवर्कमा सजिलै भुक्तानी गर्न सक्ने छन्।

जसमा न्यूनतम १० हजारदेखि अधिकतम एक लाखसम्म क्रेडिट सीमा रहेको भर्चुअल क्रेडिट कार्डमा भुक्तानीका लागि ग्राहकले अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट रकम उपभोग गर्न सक्नुका साथै हिसाब राफसाफमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्पसमेत लिन सकिने छ।

भौतिक रुपमा नभई मोबाइल बैकिङ एपमा भर्चुअल रुपमा उपलब्ध हुने यस सुविधाले ग्राहकलाई थप सुरक्षित र नवीनतम अनुभव दिने विश्वास विकास बैंकले राखेको छ।

हाल गरिमा विकास बैंकका देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ।

सम्बन्धित समाचार