काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीको रुपमा पूर्व प्रधानन्यायधीस सुशिला कार्कीले सपथ लिएर जिम्मेवारी सम्हालेकी थिइन । गत शुक्रबार राती कार्कीले सपथ खाएपछि आइतबार प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन । आइतबारै राती जेनजीको हामी नेपालीका सञ्चालक सुधन गुरुङपक्षले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेको १२ घण्टा बित्न नपाउँदै राजीनामा माग्न सुरू भएको छ । नयाँ मन्त्रीको नाममा असहमति जनाउँदै युवाहरूले कार्कीको राजीनामा मागे । प्रधानमन्त्रीले आफ्ना कुरा नसुनेको भन्दै आन्दोलनमा ज्यान गुमाएकाका परिवार पनि बालुवाटार पुगेका थिए । युवाहरूले आन्दोलन हाइज्याक गरेको बताए ।
प्रधानमन्त्रीले ऊर्जामन्त्रीमा कुलमान घिसिङ, अर्थमन्त्रीमा रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाएको समाचार सार्वजनिक भएसँगै उनीहरू बालुवाटारअघि प्रदर्शनमा पुगेका हुन् । सुधनको समूहले आफ्नो टीमसँग सल्लाह नगरी ओमप्रकाश अर्याललाई मन्त्री बनाउन लागेको भन्दै विरोध गरे । अर्याल बालेनका कानूनी सल्लाहकार हुन् । सामाजिक सञ्जालमा आएका बालुवाटार बाहिरको लफडाको भिडिओमा गुरुङ ‘जनता पावरफुल हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं नि ? त्यही ठाउँबाट म थुतेर निकाल्न सक्छु । यो ओमप्रकाश लअरयर यसले त्यहाँभित्र बसेर आफैँ गृहमन्त्री बनाउँदै रैछ ।’ भन्दै आक्रोशि हुँदै भनेका थिए ।
जेनजीको नाममा भएको आन्दोलनमा खेलवाड गरिएको युवाहरुले बताउन थालेका छन् । विदेशबाट भिडियो मार्फत नेपालीहरुले जेनजीहरुले परिपक्क राजनीतिक गर्न नसकेको भन्दै आलोचना गर्न थालेका हुन् । आफैले प्रधानमन्त्री बनाएर २४ घण्टा वित्तिन नपाउँदै राजीनामा माग्नु नैतिक नहुने राजनीतिक जानकारहरु बताउँछन् ।