सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न सहमति, संसदबारे छलफल सुरु

0 Shares

काठमाडौं । अन्तरिम सरकार गठनबारे पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गर्ने गरी शुक्रबार पनि छलफल हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश कार्की र संविधानविद्हरुको उपस्थितिमा बिहीबार दिनभर र राति छलफल गरेका थिए ।

छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा नपुगेको हो । यसैले आज शुक्रबार बिहान ९ बजेबाट पुनः छलफल सुरु हुन लागेको हो ।

स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद अध्यक्ष नियुक्त गर्ने विषयमा भनेबारे सहमति जुट्न बाँकी छ ।

जेनजी युवाहरूको समूहले संसद विघटनलाई बटमलाइन बनाएका थिए । तर, विद्यमान संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीमा नियुक्त हुन संसदको सदस्य हुनुपर्ने भएपछि राष्ट्रपति पौडेलले वैकल्पिक उपायबारे संविधानविज्ञसँग छलफल गर्ने भएका छन् ।

छलफलमा जेनजी युवाको प्रतिनिधिको रुपमा अधिवक्ता ओमप्रकाश अर्याल सहभागी थिए । उनी काठमाडौं महानगरका मेयर बालेन शाहका कानुनी सल्लाहकार हुन् ।

सम्बन्धित समाचार