कामना सेवा विकास बैंकको लाभाशं घोषणा

0 Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले लाभाशं घोषणा गरेको छ ।

बैंकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभांश दिने भएको हो ।

१० प्रतिशत बनोस शेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (कर समेत) गरी १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १९औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात शेयरधनीहरुले उक्त लाभांश प्राप्त गर्नेछन् ।

यो संगै लाभाशं घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । गत वर्ष बैंकले १२ प्रतिशत लाभाशं वितरण गरेको थियो ।

बैंकको आइतबार केन्द्रीय कार्यालयमा बसेको संचालक समितिको बैठकबाट उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

सम्बन्धित समाचार