बहिनीलाई बचाउन जाँदा दाजुबहिनीको जलेर मृत्यु

0 Shares

काठमाडौं । मुगुको खत्याड गाउँपालिका २ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालको १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको जलेर मृत्यु भएको छ ।

सरस्वतीले घरको भुई कोठामा आगो बाली सुतेको अवस्थामा आगलागी भएकाले घरभित्र छोरा छोरी फेला नपरेको भन्ने खबर पाएसँगै इलाका प्रहरी कार्यालय रातापानी तथा प्रहरी चौकी श्रीकोटरोलबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोग आगो निभाएको थियो ।

आगो निभाउने क्रममा दुवै जनाको शव फेला परेको प्रहरीले जनाएको छ । घरमा आगलागी हुँदा सुतिरहेकी बहिनीलाई बचाउन जाँदा विशालको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार