0
Shares
काठमाडौं । लोक दोहोरी गायनअन्तर्गत काठे भाकाकी गायिका इन्दिरा गोलेको निधन भएको छ । उनी क्यान्सर रोगले ग्रस्त थिइन् ।
चागुनारायण थान, घुम्तीनीर लेट भयो, आज मलाई उनीको पछ्यौरीलगायतका गीतबाट उनले प्रख्याती हासिल गरेकी थिइन् । उनी तामाङ सेलो गायनकी अग्रणी गायिका थिइन् । उनलाई सेलो गायनको पहिलो पुस्ताकी महिला कलाकार मानिन्छ ।
उनले सोही रोगका कारण केही वर्ष पहिले पति गुमाएकी थिइन् ।