दसैँ, तिहार र छठमा सिटी एक्सप्रेसको विशेष उपहार योजना, हरेक हप्ता १ लाख

0 Shares

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ, तिहार र छठलाई लक्षित गर्दै सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना ग्राहकका लागि विशेष उपहार योजना ल्याएको छ ।

‘यो दसैँ तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख’ नामक यो योजना लगातार ९ हप्तासम्म चल्नेछ। कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर जितु नेपालको पनि उपस्थिति रहेको थियो ।

हरेक हप्ता लाख र हरेक दिन क्यास ब्याक

यो योजनाअनुसार लक्की ड्र मार्फत हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले एक लाख रुपैयाँ जित्नेछन् । साथै, हरेक दिन सबै ग्राहकले ‘सिटी पे’ बाट क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो अफर भदौ १६ देखि कार्तिक १५ गतेसम्म लागू हुनेछ। यो अवधिभर सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सबै ग्राहक यस उपहार योजनामा सहभागी हुन सक्नेछन् । विजेताको छनोट विद्युतीय लक्की ड्र मार्फत गरिनेछ र यो योजना सिटी एक्सप्रेसका कर्मचारीहरूलाई भने लागू हुने छैन ।

पछिल्लो १९ वर्षदेखि रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको सिटी एक्सप्रेसले हालै ‘सिटी पे’ वालेट मार्फत अनलाइन भुक्तानी र रेमिटेन्स भुक्तानीको सेवा पनि सुरु गरेको छ ।

सम्बन्धित समाचार