दिनहुँ दसैँ- सामसङ मोबाइलको चाडपर्व अफर, दुई गुणा खुशी

0 Shares

नेपालको अग्रणी मोबाइल कम्पनी सामसङले यस दसैँलाई अझ रमाइलो बनाउन नयाँ उपभोक्ता अफर ‘दिनदिनै दसैँ’ ल्याएको छ ।

यो अफर १ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२५ सम्म मान्य हुनेछ ।यस अवधिमा नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउने छन् । यसले चाडपर्वको उत्सवलाई अझ विशेष बनाउने छ ।

सहभागी हुन, ग्राहकले आफ्नो नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेटको सिरियल नम्बर टाइप गरी सामसङ स्पेस सिरियल नम्बर लेखेर ३५००१ मा एसएमएस पठाउनुपर्ने छ ।

प्रत्येक दिन, एक भाग्यशाली विजेताले भाटभटेनी शपिङ भौचर एक लाख पाउने छन् । अन्य १० जना विजेताले १० हजार मूल्य बराबरको शपिङ भौचर प्राप्त गर्ने छन् ।यसरी अफर अवधिभर दैनिक ११ जना विजेताले उपहार जित्ने अवसर पाउने छन् ।

यी शपिङ भौचरलाई दैनिक उपभोग्य सामानदेखि चाडपर्व तयारीसम्म जुनसुकै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले अफर उपयोगी र उत्साहजनक बनेकोछ ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितका अनुसार, ‘दिनदिनै दसैँ’मार्फत सामसङले हरेक चाडपर्वमा आफ्ना ग्राहकलाई अमूल्य अनुभव दिने प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।

यो अफरले दसैँको महत्वलाई आत्मासाथ गर्नुका साथै, सामसङको प्रयोगकर्ताको जीवनलाई अझ समृद्ध बनाउन योगदान पुर्याउने छ ।

सम्बन्धित समाचार