गौर घटनामा उपेन्द्र यादवलाई कारबाही हुन्छ?

0 Shares

काठमाडौं । झण्डै दुई दशकअघि अर्थात विं.सं. २०६३ साल चैत ७ गते रौतहटको गौरमा तत्कालीन नेकपा माओवादीका २८ जना कार्यकर्ताको हत्या भयो ।

तत्कालीन मधेसी जनाधिकार फोरम र माओवादीबीच रौतहटको सदरमुकाम गौरको राइसमिल मैदानमा एकै ठाउँमा मञ्च बनाउँदा विवादपछि झडप भएको हो ।

झडपमा फोरमका कार्यकर्ताले माओवादी २८ जनाको हत्या गर्नुका साथै दर्जनौँ घाइते हुनुका साथै सयौँको संख्यामा हताहत भए । गौर घटना भएको १९ वर्षपछि सर्वोच्च अदालतले कारबाही गर्न परमादेश जारी गरेपछि तत्कालीन फोरम अध्यक्ष यादवसहित नेता कार्यकर्तालाई कारबाही गर्न बाटो खुलेको छ ।

गौर घटनाका पीडितले न्याय पाउने आशा पलाएको प्रतिक्रिया दिएका छन् । अध्यक्ष यादवसहित नेता कार्यकर्ताले सत्ताले प्रतिशोध साधेको बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको रौतहटको गौर घटनामा नाम जोडेर समाचार प्रकाशित भएको पार्टीले आपत्ति जनाएको छ । सर्वोच्चले सोमबार गौर घटनामा छानबिन अघि बढाउन परमादेश जारी भएपछि अध्यक्ष यादवलाई जोडेर प्रकाशित समाचार भएकोमा जसपाले विरोध जनाएको छ ।

उक्त घटनामा अध्यक्ष यादवसहित अरु नेता कार्यकर्तालाई कारबाही हुन्छ कि हुँदैन भन्ने चर्चा आएसँगै पार्टीले विज्ञप्ति जारी गरेर ध्यानाकषर्ण गराएको हो । पार्टी प्रवक्ता मनिष सुमनले अदालतको पूर्ण पाठ नआउँदै वा संक्षिप्त आदेश नै नआउँदै पूर्वाग्रह राखेर समाचार प्रकाशित भएकोमा भ्रत्सना गरेका छन् ।

अध्यक्ष यादवसहित नेताहरूले आफूले सरकारले ल्याएको भूमि विधेयकलाई समर्थन नगर्दा फसाउन गौर घटना उप्काएको प्रतिक्रिया दिएका छन् । भूमि विधेयक देश र जनताको विपक्षमा भएको राष्ट्र विरोधी विधेयकमा समर्थन जनाउन नसकिएपछि सरकारले तह लगाउन गौर घटना अघि सारेको अभिव्यक्ति दिएका छन् ।

तर, आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सर्वोच्च अदालतको फैसालपछि गौर घटना पीडितले न्याय पाउने आशा पलाएको प्रतिक्रिया दिएका थिए । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै साहले निर्वाद रुपमा शिघ्र न्याय निरुपण भई दोषी कानुनको दायरामा आउने विश्वास व्यक्त गरे ।

‘आज सर्वोच्च अदालतले गौर हत्या काण्डको मुद्दा अगाडि बढाउन गरेको आदेशबाट न्यायको जित भएको छ,’ उनले लेखेका छन्, ‘विगत लामो समयदेखि अनवरत संघर्षरत एवं न्यायको पर्खाईमा रहेका बिभत्स गौर नरसंहारका पीडितमा न्याय पाउने आशा र विश्वास बढेर गएको छ, आजबाट निर्वाद रूपमा शिघ्र न्याय निरुपण भई दोषीहरु कानुनको दायरामा आउने विश्वाससमेत व्यक्त गर्दछु ।’

नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले गौरमा जनघन्य तरिकाले माओवादी कार्यकर्ताको हत्या गरिएको बताए ।

‘माओवादी कार्यकर्ता मारेकोमा कुनै विवाद छ?, हत्या गरेकै हो?, हत्या भएको १९ वर्ष पुग्दासम्म न छानबिन छ न अनुसन्धान छ?, कुनै जाहेरी दर्ता हुन्छ,’ उनले भने, ‘माओवादीले घोषणा नै गरेर जनयुद्ध गर्दा मानवीय क्षति भएपछि टिआरसीमार्फत छानबिन हुनुपर्छ भनिँदै छ, गौरमा अचानक अपराधी जत्था आएर कार्यक्रम भएको ठाउँमा एक/एक गरी मारेका छन् ।’

अदालतमा उक्त घटनाका विषयमा जाहेरी भएपछि हत्या भएकै होइन भन्न नसक्ने उनले ठोकुवा गरे । ‘अदालतले अनुसन्धान गरेर अघि बढ्न आदेश गरेपछि उपेन्द्र पर्छ कि अरु नेता पर्छ भनेर हेर्ने होइन, तथ्य र प्रमाणलाई हेरेर कारबाही गर्ने हो त्यो हत्यारालाई कानुनी दायरामा ल्याउनै पर्छ,’ उनले भने ।

जाहेरी दरखास्तमा नाम उल्लेख भएका व्यक्तिहरू
अजय गुप्ता, गौर नपा वडा नं ९, रौतहट

गौरी शंकर यादव, गौर नपा वडा नं ९, रौतहट

बाबुलाल साह कानु, गौर नपा वडा नं २, रौतहट

ललन सिंह, गौर नपा वडा नं १३, रौतहट

चन्द्रिका सिंह, सरुअठा ४, रौतहट

बलराम सिंह कुँवर, ब्रम्हपुरी, रौतहट

उपेन्द्र यादव, बसनाहा गाविस, सप्तरी

राजेन्द्र यादव, ठेगाना नखुलेको

सञ्जीव यादव, टेंग्राहा १, रौतहट

रामकलेवर सिंह, गौर नपा ५, रौतहट

जगन्नाथ केसरी, गौर नपा वडा नं. ९, रौतहट

सञ्जीव यादव, मुडवलवा २, रौतहट

शम्भु सिंह, गंगापिप्रा २, रौतहट

रामप्रवेश सिंह, गंगापिप्रा २, रौतहट

रुपनारायण चौधरी, हथियाही ७, रौतहट

चुल्हाइ साह, वसन्तपुर १, रौतहट

१देवानन् भन्ने देवनाथ भा, वसतपुर ४, रौतहट

राम आधार साह, वसन्तपुर १, रौतहट

शिवशंकर सिंह, ब्रम्हपुरी १, रौतहट

जगरनाथ ठाकुर, ब्रम्हपुरी ५, रौतहट

गणेश राय यादव, शीतलपुर, बैरगनिया, रौतहट

विनोद सिंह, ब्रम्हपुरी १, रौतहट

जयनन्द यादव, दक्षिण भिटकैया, बारा

नन्द किशोर साह, सरमजुबा २, रौतहट

कपिल देव राय यादव, धरहरी, रौतहट

दामोदार प्रियदर्शी, सोनरीया ४, रौतहट

बबन सिंह, ब्रम्हपुरी १, रौतहट

भूषण सिंह, गौर नपा १३, सिसिंया, रौतहट

रामप्रसाद लाल, ब्रम्हपुरी २, रौतहट

जितेन्द्र सिंह, ब्रम्हपुरी १, रौतहट

रामेश्वर राय यादव, मुडबलवा २, रौतहट

प्रेमचन्द्र भा, रौतहट

राम अयोध्या महतो चनउ, गौर नपा ६, रौतहट

अवधेश चनउ, गौर ६, रौतहट

राम निबास सिंह, हजमिनिया ८, रौतहट

उमेश तिवारी, हजमिनिया ५, रौतहट

अशोक सिंह, हजमिनिया १, रौतहट

भाग्य नारायण साह, वसन्तपुर, रौतहट

शंकर सिंह, वसन्तपुर ५, रौतहट

मुन्ना सिंह, हजमिनिया १, रौतहट

मंगल राउत बरई, बरियारपुर ५, रौतहट

शेख दाउद, कनकपुर, रौतहट

शंकर यादव, माइधिया मानपुर, रौतहट

अरुण सिंह, गौर १३, रौतहट

मुकुट सिंह, हजमिनिया १, रौतहट

विश्वनाथ पट्टेल, जेठरहिया ५, रौतहट

वीरेन्द्र राउत, जेठरहिया ९, रौतहट

जयचन्द्र यादव, टेंग्राहा ४, रौतहट

दिन्ना यादव, टेंग्राहा २, रौतहट

सहन राय यादव, टेग्राहा १, रौतहट

हरिन्द्र यादव, जयनगर ९, रौतहट

वैद्यनाथ साह, मठिया ७, रौतहट

ललि साह तेली, औरही १, रौतहट

शंकर साह बनिया, औरही १, रौतहट

वीरेन्द्र पाण्डे, गंगापिप्रा, रौतहट

जोद्धा साह, गौर नपा, रौतहट

शंकर राय यादव, लक्ष्मीपुर, रौतहट

बेराहिम अन्सारी, जयनगर, रौतहट

श्री नारायण झा, वसन्तपुर, रौतहट

रामबाबुप्रसाद यादव, कचारवा १, बारा

जियालाल प्रसाद यादव, इनर्बामाल, कोइलीडिहा, बारा

शिउनाथ पट्टेल, मकौलिया, भिटकैया, बारा

मदन साह, गौर नपा १२, रौतहट

अरविन्द सिंह, हजमिनिया १, रौतहट

पवन सिंह, हजमिनिया ५, रौतहट

भुपेन्द्र महतो, भसेढवा, रौतहट

गौर घटना जाँचबुभक आयोगको प्रतिवेदन, २०६४ बाट दोषी भनी नाम उल्लेख भएका थप व्यक्तिहरू

राम सोगारत यादव, गौर ४, रौतहट

पंकज भारती, गौर ४, रौतहट

नरेश भारती, गौर ४, रौतहट

दीपेन्द्र भारती, गौर ४, रौतहट

देवी यादव, गौर ५, रौतहट

लालकिशोर राउत, गौर ९, रौतहट

रामदास साह, वसन्तपुर १, रौतहट

रामेश्वर साह, वसन्तपुर १, रौतहट

रामजी दास, वसन्तपुर १, रौतहट

रजनिस का, वसतपुर १, रौतहट

हरिकिशोर यादव, गौर ९मालपोतमा लेखापढी गर्ने०

लालकिशोर राउत, गौर ९, रौतहट

गंगा सिंह, गौर ९, रौतहट

हिन्दु राय यादब, महमदपुर, रौतहट

नवल यादव, महमदपुर रौतहट

ब्रज यादव, महमदपुर, रौतहट

सञ्जीव झा, रौतहट

रणवीर महतो, रौतहट

भद्दा ठाकुर हजाम, ब्रम्हपुरी, रौतहट

गगनदेव महतो, रौतहट

सोनालाल यादव, रौतहट

भूनरेस यादव, रौतहट

नरेश साह तेली, रौतहट

अर्जन मल्लिक, गौर, रौतहट

जर्गादस मल्लिक, गौर रौतहट

फेक, गौर गडवा, रौतहट

मुल्तिक, गडवा, रौतहट

रामशंकर श्रीवास्तव, ब्रम्हपुरी, रौतहट

तेजा बैठा, हजमिनिया पतही, रौतहट

अमर बैठा, हजमिनिया, पतही, रौतहट

विनोद चमार, हजमिनिया, पतही, रौतहट

मदन सिंह, वसतपुर, रौतहट

शिव पासवान, गौर(११, रौतहट

मसेज खाँ, गौर(१० सिसवा, रौतहट

दीपेन्द्र साह तेली, गौर(१०, सिसवा

छोटन सिंह, गंगापिप्रा, रौतहट

गगन सिंह, सिर्सिया रौतहट

अनिल सिंह, रौतहट

अमर यादब,इनरवारी(१, रौतहट

धनन्जय का, गौर, रौतहट

वीरवासनी सहनी, बसन्तपटी(६, रौतहट

किशोरी राय यादव, इनरबारी १, रौतहट

बलरुवा अन्सारी, जयनगर, रौतहट

रामचन्द्र गिरी, नरकटिया, रौतहट

शम्भु साह कानु, गौर २, रौतहट

अवधेश चनउ, टिकुलिया ६, रौतहट

सञ्जय केशरी, टिकुलिया ६, रौतहट

राजीनन् सिंह गौर, रौतहट

रामकुमार शर्मा, महोत्तरी

तेजिलाल पटेल इनरबारी ६, रौतहट

गगनदेव बैठा, टेंग्राह ७, रौतहट

कौशल सिंह, वसन्तपुर ४, रौतहट

रामनिवास सिंह, हजमिनिया, रौतहट

रामअवतार साह तेली, वसन्तपुर, रौतहट

राजेश गुप्ता, ठेगाना नखुलेको

हरि सिंह, ठेगाना नखुलेको

शंकर मुखिया, ठेगाना नखुलेको

राजेन्द्र पटेल, ठेगाना नखुलेको

रामप्रवेश पटेल, लक्ष्मनीया ५, रौतहट

शेख जमशैद, गौर नपा १०, रौतहट

गुडु सिंह, ब्रम्हपुरी १, रौतहट

विनोद सिंह, ब्रम्हपुरी १, रौतहट

उमा राय यादव, औरइया ५, रौतहट

विक्रम सिंह, गौर नपा १३, रौतहट

सम्बन्धित समाचार