0
Shares
काठमाडौँ । नेपाली कांग्रेसले पनि आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको छ । आज(मंगलबार) दिउंँसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको एक सांसदले बताए ।
नेकपा एमालेले पनि पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । एमाले संसदीय दलको कार्यालयबाट फोन गरेर सांसदहरूलाई सिंहदरबार बोलाइएको एक सांसदले जानकारी दिए ।
उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी सत्तारुढ दलले गरेको बताइएको छ ।