फेरि बढ्यो सुनको मूल्य

0 Shares

काठमाडौं । नेपाली बजारमा आज सुन मूल्य तोलामा एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबारको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेसँगै यस मूल्यमा कारोबार भएको हो । यसअघि बुधबार छापावाल सुन तोलामा एक लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेर तोलामा दुई हजार ३४० रुपैयाँ पुगेको छ । बुधबार तोलामा दुई हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार