काठमाडाैँ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखरास्थित लेक साइड रिट्रिट (आईएमई हस्पिटालिटी द्वारा व्यवस्थापित) सँग नयाँ साझेदारी घोषणा गरेको छ ।
यसअन्तर्गत डिशहोमका सक्रिय ग्राहकहरूले विशेष छुटको सुविधा पाउनेछन् । ग्राहकहरूले आवासमा १५ प्रतिशत छुट र फुड एण्ड बेभरेजमा १५ प्रतिशत छुट पाउने डिशहोमले जनाएको छ ।
यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेक साइड रिट्रिट, पोखरामा देखाउनुपर्नेछ ।
पोखराको लेकसाइडमा अवस्थित लेक साइड रिट्रिटले आधुनिक सुविधा, शान्त वातावरण र आईएमई हस्पिटालिटीको ख्यातिप्राप्त अतिथिसत्कारको उत्कृष्ट मिश्रण प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ । आरामदायी विदा वा विशेष खाने अनुभवका लागि अब डिशहोम ग्राहकहरूले हरेक पटक यहाँ भ्रमण गर्दा थप मूल्य र बचतको आनन्द लिन सक्नेछन् ।
भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्न माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुपर्छ। त्यसपछि दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लगइन गर्नुपर्नेछ । त्योसँगै होम स्क्रिन वा प्रोफाइलमा रहेको प्रिभिलेज कार्ड आइकनमा क्लिक गर्नुपर्ने कम्पनीले जनाएको छ ।
यसपछि लेक साइड रिट्रिट, पोखरा भ्रमण गरी आफ्नो भर्चुअल प्रिभिलेज कार्ड देखाएर छुट पाउन सकिनेछ ।