केइको ‘बब्बाल अफर’ X3 Pro EV फ्ल्यागशिप टप भेरियन्टमा आकर्षक छुट

0 Shares

काठमाडौँ । नेपालमा केइ इलेक्ट्रिक गाडीका अधिकृत वितरक जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई-मोबिलिटीले नेपाली बजारमा विशेष अफर योजना ल्याएका छन् ।

‘केइ बब्बाल अफर’ अन्तर्गत कम्पनीले आफ्नो चर्चित इलेक्ट्रिक एसयूभी Kaiyi X3 Pro EV को फ्ल्यागशिप टप भेरियन्टमा आकर्षक नगद छुटसहितको अफर ल्याएको हो ।

यो सीमित अवधिको अफर अन्तर्गत X3 Pro EV टप भेरियन्टको मूल्य ४८.९६ लाख रुपैयाँबाट घटाएर अब मात्र ३९.९६ लाख रुपैयाँ मा उपलब्ध हुनेछ। साथसाथै, ग्राहकले ७.३ किलोवाटको चार्जर, ८ वर्षको वारेन्टी, ६ वर्षको सर्भिस प्याकेज र स्पेयर टायर पनि पाउनेछन्।

यो अफर बुधबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ का लागि लागू गरिएको हो। इच्छुक ग्राहकहरूले हाल ए, स्टल नं. A2 (प्रवेश गरेपछि दायाँपट्टिको पहिलो स्टल) मा गएर X3 Pro EV नजिकैबाट अवलोकन गर्न सक्छन्।

किन रोज्ने Kaiyi X3 Pro EV ?

वर्गमै सबैभन्दा बढी मूल्य सापेक्ष सुविधा

१२०/९९ किलोवाटको शक्तिशाली मोटर

आधुनिक डिजाइन र प्रविधियुक्त विशेषता

फराकिलो तथा लक्जरी इन्टेरियर

आरामदायी र सुरक्षायुक्त ड्राइभिङ अनुभव

सजिलो बटन कन्ट्रोल-मोबाइल डिस्ट्र्याक्सन हटाउने

१८३ मिमी ग्राउन्ड क्लियरेन्स

प्यानोरामिक मूनरुफ

अटो होल्ड फिचर

लिथियम आयरन फस्फेट ब्याट्री

सजिलो उपलब्ध हुने सस्तो स्पेयर पार्ट्स

कम्पनीले यो बब्बाल अफर केवल एक्स्पो सीमित अवधिका लागि मात्र नभई, काइयीका अधिकृत शोरुमहरू-नक्साल, थापाथली, बिर्तामोड, नेपालगञ्ज, धनगढी, दाङ, भैरहवा, हेटौँडा, भरतपुर, पोखरा, विराटनगर र वीरगञ्जमा पनि उपलब्ध हुने जनाएको छ। उक्त अफरले नेपाली बजारमा EV SUV सेग्मेन्टमा केलाई अझ प्रतिस्पर्धी बनाउने विश्वास लिइएको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार