चिकित्सा शिक्षा अनियमितता जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, तत्कालिन उपकुलपति पनि दोषी

0 Shares

काठमाडौँ । शिक्षा मन्त्रालयले चिकित्सा शिक्षामा अनियमितता जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ ।

मन्त्रालयले प्रतिवेदन अनुसार दोषीहरुलाई कानुन बमोजिम कारबाही गर्न सिफारिस पनि गरेको छ । बुधबार शिक्षामन्त्री सुमना श्रेष्ठले ६ वर्षदेखि लुकाइएको प्रतिवेदन सार्वजनिक गरेकी हुन् । उक्त प्रतिवेदनमा त्रिभुवन विश्व विद्यालयका तत्कालिन उपकुलपतिसहित कार्यकारी परिषद्का सबै पदाधिकारीहरु दोषी देखिएको उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार त्रिविका दोषी परिषद पदाधिकारीहरुमा अध्यक्ष रहेका त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका उपकुलपति डा तीर्थराज खनिया, सदस्यहरू रेक्टर डा सुधा त्रिपाठी, रजिष्ट्रार डिल्ली उप्रेती, विज्ञान संकायका डिन रामप्रसाद खतिवडा, कानुन संकायका डिन डा ताराप्रसाद सापकोटा, राजेन्द्र पौडेल र हरि पराजुली रहेका छन् ।

सम्बन्धित समाचार