बलिउड सिनेमा ‘सैयारा’ले बक्सअफिसमा धुम मच्चाइहँदा बन्यो नयाँ रेकर्ड

0 Shares

काठमाडौं । बलिउड सिनेमा ‘सैयारा’ले बक्सअफिसमा धुम मच्चाइहँदा नयाँनयाँ रेकर्ड पनि बनाइरहेको छ । ‘सैयारा’ दोस्रो शनिबार सबैभन्दा धेरै नेट कलेक्सन गर्ने चलचित्र बनेको छ ।

९ औँ दिनमा २७.५० करोड नेट कलेक्सन गर्दै यो सिनेमा बलिउडमा दोस्रो शनिबार सबैभन्दा धेरै नेट कलेक्सन गर्ने चलचित्रमध्ये एक रहेको इतिहास बनाएको हो ।

‘सैयारा’ नयाँ कलाकारले अभिनय गरेको सबैभन्दा चाँडो २०० करोड नेट कलेक्सन गर्ने चलचित्र पनि बनेको छ । नौ दिनमा नै यो सिनेमा २०० करोड कल्बमा प्रवेश गरेको छ ।

‘सैयारा’ म्युजिकल लभस्टोरी सिनेमा हो । यशराज फिल्म्सको ब्यानरमा बनेको चलचित्रलाई मोहित सुरीले निर्देशन गरेका छन् ।

‘सैयारा’मा नयाँ कलाकारको अभिनय छ । चलचित्रमा अहान पाण्डे र अनित पड्डाको मुख्य भूमिका छ ।

सम्बन्धित समाचार