आगलागीमा परी युवतीले गुमाइन् ज्यान

0 Shares

काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज बिहान मृत्यु भएको छ ।

धुर्कोट ५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैले घरमा आगो लगाएको थिइन् ।

स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट तीन लाखभन्दा बढीको क्षति भएको जनाइएको छ ।

सम्बन्धित समाचार