अविरत वर्षासँगै पहिरो गएपछि अरनिको राजमार्ग अवरुद्ध

0 Shares

काठमाडौं । अविरल वर्षाले पहिरोसँगै लेदोको कारण अरनिको राजमार्गको जुरे खण्ड बन्द भएको छ ।

यसअघि पहिरो गएकै माथिल्लो स्थानबाट लेदोसहितको पहिरो आउँदा शनिबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको हो ।

अहिले पहिरो पन्छाउन एक्स्काभेटर, लोडर प्रयोग भइरहेको छ । सडक अवरुद्ध भएपछि ठूला सवारी र कन्टेनर बाटोमा र‍ोकिएका छन् ।

त्यस्तै महभीरमा सडक भास्सिएको प्रहरीले जनाएको छ । पहिरोले सीमावर्ती तातोपानी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबीसे नगरका स्थानीय प्रभावित भएका छन् ।

तातोपानी नाकाबाट सामग्री ल्याएका र लिन गएका कन्टेनर रोकिएका छन् ।

सम्बन्धित समाचार