भारी वर्षा हुने भएसँगै सुनकोशी नदी आसपास सतर्कता हुन आग्रह

0 Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शनिबार रातिदेखि सोमबारसम्म सुनकोशी नदी आसपास क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सर्तकर्ता अपनाउन आग्रह गरेको हो । सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबारदेखि सोमबारसम्म अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ ।

साथै, सुनकोशी नदीलगायतका नदी, किनार र आसपासका क्षेत्रमा जोखिम हुन सक्ने देखिएकाले नदी आसपासका बासिन्दा र बिपी राजमार्ग तथा मध्य पहाडी राजमार्गमा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन आग्रह गरिएको छ ।

साथै, ट्राफिक प्रहरी र सुरक्षा निकायको निर्देशन पालना गर्न समेत सूचनामा आग्रह गरिएको छ ।

सम्बन्धित समाचार