ओलीलाई रोक्न एमालेले ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाउछ कि राख्छ ?

0 Shares

काठमाडौं । संसदको सबैभन्दा ठुलो कम्युनिस्ट पार्टी नेकपा एमालेको आगामी भदौ २० गतेदेखि २२ गतेसम्म विधान महाधिवेसन ललितपुरको गोदावरीमा गर्ने घोषणा गरेको छ । एमाले नेतृत्व गर्न पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको इन्ट्री भएपछि उमेरहद र दुई कार्यकालको विवाद सतहमा आएको हो । एमाले सचिवालय बैठक बिहीबारदेखि पार्टी कार्यालय च्यासलमा बस्दै छ । बैठकले विधान महाधिवेसनका विषयमा ठोस एजेण्डा बनाएपछि स्थायी कमिटी बैठक हुँदै केन्द्रीय कमिटी बैठकले अनमोदन गर्ने तयारी गरेको छ ।

विधान महाधिवेसनले नै पार्टी नेतृत्वको ७० वर्षे उमेरहद र नेतृत्व दुई कार्यकाल भन्दा बढी हुन नहुने निर्णय गर्ने नेताहरुले बताएका छन् । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक अध्यक्ष हुन तयारी थालेपछि उनी निकट नेताहरुल लविङमा तिवृ रुपमा लागेका छन् । ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष बनाउन उनी निकट नेताहरु ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाउन जोतोडका साथ लागेका छन् ।  पूर्व राष्ट्रपति भण्डारीलाई नै रोक्न एमाले महासचिव शंकर पोखरेलले विधानमै राष्ट्रपति भएपछि पार्टीमा फर्किन नमिल्ने व्यवस्था गर्नुपर्ने सार्वजनिक मत व्यक्त गरी सकेका छन् ।

पूर्व राष्ट्रपतिलाई पार्टी नेतृत्वमा स्थापित गर्न वरिष्ठ नेता इश्वर पोखरेल सहित उपाध्यक्ष युवराज ज्ञावलाी लगायत अधिकाश पदाधिकारी ७० वर्षे उमेरहद र पार्टी नेतृत्व दुई कार्यकाल भन्दा बढी हुन नहुने मत राख्दै आएका छन् । ओलीले सरकारको नेतृत्व गर्दा सरकारले प्रभावकारी काम गर्न नसकेको त्यसले पार्टी बलियो हुन नसकेकाले पुनः नेतृत्वमै तेहेरिदा समेत २०८४ सालको निर्वाचन जित्न कठिन हुन भण्डारीपक्षका नेताहरुको बुझाई छ । ओलीले पार्टीमा सामुहिक निर्णय गर्ने भन्दा बढी व्यक्तिगत मनोमानी गर्दा भीम रावल लगायत अधिकाश नेताहरु पाखा लाग्दा पार्टी कमजोर भएको अधिकांश नेताको बुझाई छ । यदी भण्डारी नेतृत्वमा आए नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत पार्टीसँग एकता भएर वृहत वामपन्थी एकताको वातावरण बन्ने आकलन छ ।

एमाले विधान महाधिवेसनले नेतृत्वको ७० वर्षे र पार्टी नेतृत्व दुई कार्यकाल भन्दा बढी गर्न नहुने एजेण्डा भएर बहुमतले निर्णय भएमा भण्डारीलाई नेतृत्वमा पुग्न कुनै समस्या नहुने देखिएको छ । भण्डारीलाई ओली नहुँदा अरु टक्कर दिने नेता नभएकाले उनी सहजढंगले पार्टी नेतृत्वमा पुग्ने अवस्था छ । तर, ७० वर्षे उमेरहद र पार्टी नेतृत्व दुई कार्यकाल भन्दा बढी आवश्यकता अनुसार हुन सक्ने निर्णय विधान महाधिवेसनले गरेमा भण्डारीलाई नेतृत्वमा पुग्न फलामको चिउँरा सरह हुने सम्भावना छ ।

विधान महाधिवेसनमा ति दुई एजेण्डा के हुने भन्ने बारेमा पार्टी नेता कार्यकर्ताले महत्वका साथ हेरेका छन् । तर, नेकपा एमाले स्थायी समिति सदस्य कर्णबहादुर थापाले पार्टी नेतृत्वको ७० वर्षे र पार्टी नेतृत्व दुई कार्यकाल हुने व्यवस्था कायम राख्नुपर्ने तर्क गरे । ‘उक्त एजेण्डा विधानमा समेटिएमा कम्युनिस्ट पार्टीमा एक गुटले अर्कोलाई सक्काउने एकका विरुद्ध अर्को लागेर पार्टी कमजोर हुने अवस्था आयो’ उनले भने, ‘केपी ओलीले जुन एजेण्डा अघि सार्नु भएको थियो । ७० वर्षे उमेरहद र दुई कार्यकाल भन्दा बढी नेतृत्व गर्न पाउने व्यवस्थालाई खुला राख्नुपर्छ ।’ उक्त एजेण्डा कायम भएमा प्रतिस्पर्धाबाट जो नेतृत्वमा आए पनि पार्टीलाई स्वीकार हुने थापाको भनाई छ ।

सम्बन्धित समाचार