काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गर्ने गृहकार्य थालेका छन् । घुस प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएसँगै प्रधानमन्त्री ओलीले न्यौपानेलाई नयाँ सामान्य प्रशासनमन्त्रीको रूपमा नियुक्त गर्ने तयारी गरेको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ । हाल एमाले राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतक रहेकी न्यौपाने २०७४ को स्थानीय निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित बनेकी थिइन् ।
‘सामान्य प्रशासन मन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई नियुक्त गर्ने तयारी भइरहेको छ’, प्रधानमन्त्री सचिवालयका उक्त स्रोतले भन्यो, ‘
तनहुँकी न्यौपानेको राष्ट्रिय सभा सदस्य पद ६ वर्षे कार्यकाल पुरा गरेर आगामी फागुनमा सकिँदैछ ।
‘तपाईंहरुजस्तै शुभचिन्तकहरूले बधाई भनेर फोन गर्नुभएको थियो । मैले केको बधाई भन्दा मन्त्री बन्न लाग्नुभएको छ भन्ने जवाफ पाएको छु’ न्यौपानेले भनिन्, ‘प्रधानमन्त्रीको सचिवालयबाट पनि अनौपचारिक रूपमा बधाई आएकाले प्रधानमन्त्रीज्युले विश्वास गर्नुभएर जिम्मेवारी दिन लाग्नुभएछ भन्ने ठानेकी छु ।’
उनी २०७६ मा भने उनी राष्ट्रियसभामा निर्वाचित भएकी थिइन्।