रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोलाको उत्पादन

0 Shares

काठमाडौँ । भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डस्ट्रिजले नेपालको अग्रणी व्यावसायिक घराना चौधरी ग्रुपसँगको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड क्याम्पा कोला नेपाली बजारमा भित्र्याएको छ। यस सहकार्यसँगै अब क्याम्पा कोला नेपालमै उत्पादन हुनेछ।

रिलायन्स इन्डस्ट्रिजको एफएमसीजी विङ रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) द्वारा उत्पादित क्याम्पा कोला भारतको ऐतिहासिक कोल्ड ड्रिंक ब्रान्ड हो। सन् २०२२ मा रिलायन्सले यो ब्रान्ड खरिद गरेर २०२३ मा यसको व्यावसायिक उत्पादन पुनः सुरु गरेको थियो। भारतमा आईपीएल जस्ता प्रतिष्ठित कार्यक्रमहरू प्रायोजन गर्दै आएको क्याम्पा कोला अहिले प्रतिस्पर्धी कोल्ड ड्रिंक ब्रान्डका रूपमा स्थापित छ।

नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धता

क्याम्पा कोलाको नेपाल आगमनले रिलायन्सको चौधरी ग्रुपसँगको व्यावसायिक सम्बन्धको विस्तारका साथै नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गर्ने रिलायन्सले जनाएको छ। आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले चौधरी ग्रुपसँगको सहकार्यमा नेपालमा क्याम्पा ब्रान्ड ल्याउन पाउँदा आफूहरू उत्साहित भएको बताए।

“क्याम्पा कोला ५० वर्षभन्दा पुरानो ऐतिहासिक भारतीय ब्रान्ड हो जसले धेरै पुस्तालाई जोड्ने भावनात्मक सन्देश दिन्छ,” मोदीले भने, “हामी नेपालमा दीर्घकालीन लगानीको सोचसहित आएका छौँ।”

नेपाली बजारमा नयाँ तरंग

क्याम्पा कोला गल्फ कोअपरेसन काउन्सिल ९जीसीसी० मुलुकहरूमा पहिल्यै स्थापित ब्रान्ड हो। अब चौधरी ग्रुपले यसको स्थानीय उत्पादन र वितरण गर्नेछ। दुवै कम्पनीले यो ब्रान्डले नेपाली युवाको ‘अडिग आत्मबल र लक्ष्यप्रतिको प्रतिबद्धता’ को प्रतिनिधित्व गर्ने विश्वास लिएका छन्।

प्रारम्भिक रूपमा क्याम्पा पोर्टफोलियोअन्तर्गत क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्ट र क्याम्पा इनर्जी बेरी किक उपलब्ध हुनेछन्। २५० मिलिलिटर कार्बोनेटेड सफ्ट ड्रिंक ९सीएसडी० बोतल ९क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज० को उपभोक्ता मूल्य ३० रुपैयाँ तोकिएको छ भने क्याम्पा २५० मिलिलिटर इनर्जी बेरी किकको मूल्य ४० रुपैयाँ रहेको छ। रिफ्रेशिङ स्वाद, जोशिलो प्रस्तुति र आकर्षक प्याकेजिङका साथ क्याम्पा कोलाले नेपाली बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा क्याम्पा कोला भित्र्याउन रिलायन्ससँग सहकार्य गर्नु चौधरी ग्रुप र समग्र देशकै लागि गौरवको विषय रहेको बताए। “यो साझेदारीले नेपाली उपभोक्तालाई गुणस्तरीय र ऐतिहासिक पेय पदार्थको स्वादमा रम्ने अवसर दिनेछ,” चौधरीले भने, “हामी हाम्रो वितरण प्रणाली र बजार अनुभवको प्रयोग गरेर क्याम्पा कोलालाई नेपाली बजारमा लोकप्रिय बनाउनेछौँ।”

कम्पनी प्रोफाइल

रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल)

रिलायन्स इन्डस्ट्रिज लिमिटेडको एफएमसीजी कम्पनी आरसीपीएलको उद्देश्य उपभोक्ताको दैनिक जीवनलाई सहज र सशक्त बनाउनु हो। नवप्रवर्तन र उपभोक्ता सन्तुष्टिमा जोड दिँदै, आरसीपीएलले अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादनहरूलाई स्थानीय आवश्यकता र स्वादअनुसार तयार पारी उचित मूल्यमा उपलब्ध गराउँदै आएको छ।

चौधरी ग्रुप

चौधरी ग्रुप नेपालको सबैभन्दा ठूलो तथा अग्रणी व्यावसायिक समूह हो। यसअन्तर्गत विश्वबजारमा २०२ भन्दा बढी कम्पनीहरू र २६१ ब्रान्डहरू क्रियाशील छन्। विश्वभर २० हजारभन्दा बढी कर्मचारीका साथ यो समूह नेपालको एकमात्र बहुराष्ट्रिय कम्पनी हो। खाद्य तथा पेयपदार्थ, वित्तीय सेवा, शिक्षा, पूर्वाधार, अटोमोबाइल, सूचना तथा प्रविधि, रियल इस्टेट र आतिथ्य जस्ता विविध क्षेत्रमा चौधरी ग्रुपले सुरक्षित, प्रभावकारी र विश्वस्तरीय सेवा तथा उत्पादनहरू प्रदान गर्दै आएको छ।

सम्बन्धित समाचार