काठमाडौं महानगरमा ‘एक वडा, एक उत्पादन’ नीतिले पायो निरन्तरता

0 Shares

काठमाडौं। संवैधानिक व्यवस्थाअनुसार ढिला गरी सार्वजनिक भएको काठमाडौं महानगरले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘एक वडा, एक उत्पादन’ नीतिलाई निरन्तरता दिएको छ।

शुक्रबार नगरसभामा नीति तथा कार्यक्रम पेश गर्दै मेयर बालेन्द्र शाह (बालेन) ले समावेशी उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्कुबेसन सेन्टर, बिऊ पूँजी अनुदान कार्यक्रम र सहकारी सुधार योजनालाई अगाडि बढाइने बताएका हुन्।

मेयर शाहले अहिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। संवैधाधिक व्यवस्थाअनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट पेश गरिसक्नुपर्ने थियो।

सम्बन्धित समाचार