सुत्केरी हुन नसकेका दुई गर्भवतीको हवाई उद्धार

0 Shares

बागलुङ । बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार ढोरपाटन नगरपालिका ८ की ३८ वर्षीयी हुमी विक र सोही नगरपालिका ५ की २३ वर्षीया देवी सुनारलाई हवाई उद्धार गरेर काठमाडौं पठाइएको हो ।

नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा भर्ना गरिएको छ ।

सम्बन्धित समाचार