आज मिति २०८२ असार २६ गते बिहीबार । सन् २०२५ जुलाइ १० तारिख । नेपाल सम्बत ११४५ दिल्लाथ्व पुन्हि, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल पुर्णिमा तिथि । आज बिहान ५ बजेर १५ मिनेटमा झुल्किएको घाम साँझ ७ बजेर २ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
आजको दिन कुनै नयाँ कामको थालनी गर्नुभए राम्रो हुनेछ । सन्तान पक्षबाट सुखको अनुभुति होला । परिवारमा भने आर्थिक समस्याले सताउने देखिन्छ । नियमित काममा मना जाला । धनलाभको योग छ । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त होला ।
बृष
मिश्रित फलदायी दिन छ । अनावश्यक रुपमा डरको भाव पैदा हुनसक्छ । कसैसँग हल्का मनमुटाव पनि होला । विचार बढ्ने तथा समयमा निर्णय नहुदा काममा अवरोध आउने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना रहेकोले होसियारी अपनाउनुहोला ।
मिथुन
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । कसैबाट आदर पाइएला । जागिरमा भने खासै मन नजाला । धन मान पाउने योग छ । नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
कर्कट
व्यस्तता बढे पनि सोचेका काम पूरा भइ सुखको अनुभव हुने समय छ । रुपैयाँ पैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्यसुखमा रमाइएला । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ ।
सिंह
आजको दिन नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला । कतै निम्तोमा सहभागी हुने सम्भावना छ । अतिथिका रूपमा सम्मान पाइएला । आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुने योग छ ।
कन्या
आजको दिन केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । अल्छीपनले सताउला, तर कार्यगति बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । साथीभाइको सहयोग प्राप्त हुनाले पराक्रम बढ्ला । सबल स्वास्थ्यका लागि विशेष सावधानी अपनाउनु उचित हुनेछ । रसरागको भाव जागृत होला । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला
आजको दिन परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरि सुरु हुन सक्छन् । बुद्घिको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आज कसैबाट समर्थन एवम् धन पाइने सम्भावना छ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
वृश्चिक
आजको दिन चिताएको काममा सफलता पाइनेछ । रमणीय र सुखद यात्राको योग छ । पुराना साथीसंगीसँगको भेटघाटले मन रमाउने छ । परिवारबाट सुखको अनुभुति पनि मिल्ला । धनलाभ हुने योग छ । रोकिएको काम मिहिनेतले बन्ने छ । सामथ्र्य वृद्धि होला । आर्थिक क्रियाकलापमा कसैबाट समर्थन पाइएला ।
धनु
समाजिक सम्मान पाउने समय छ । अनौठो तरिकाबाट रुपैयाँपैसा कमाइने देखिन्छ । आज रमाइलो यात्राको योग पनि रहेको छ । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
मकर
दिन खासै उत्साहजनक नरहने देखिन्छ । आर्थिक पक्षका क्रियाकलाप सुखद परिणामदायी सावित हुन मुस्किल पर्ने देखिन्छ । बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनुहोला । सामान्य रोगले सताउने योग छ । भौतिक सरसामनको क्षति हुने योग छ । कर्मबल बढेपनि खर्च वृद्धिका साथै आर्थिक अभाव देखापर्न सक्छ ।
कुम्भ
बन्दैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ, आफन्तको सहयोग पनि प्राप्त होला । बिहानीपख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुनेछ । भाग्यबलका साथै सामर्थ्य बढ्ने छ ।
मीन
नचिताएको टाउबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटाहरु खुल्न सक्छन् । आजको दिन पैसा कमाउने योग रहेकोले आर्थिक क्रियाकलापमा विशेष जोड दिएर लागिपर्नु उचित हुनेछ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी होला । आवश्यक र उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ ।